साफ च्याम्पियनसिप ! नेपाल शीर्षस्थानमा, लगभग फाईनलमा पुग्यो

फुटबल

काठमाडौं : साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित निकाल्दै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ३-२ गोलअन्तरले पराजित गर्दै नेपाल शीर्षस्थानमा पुगेको हो।

दुई खेलबाट नेपालले ६ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको बंगालदेश दोस्रो स्थानमा छ । प्रतियोगितामा सहभागि ५ टोलीले राउण्ड रोबिन लिगको आधारमा समुह चरण खेलिरहेका छन् । समुहका शिर्ष दुई टोली उपाधिको लागि भिड्नेछन् । फाईनल खेल यही असोज ३० गते हुनेछ ।

नेपालले पहिलो खेलमा पनि आयोजक माल्दिभ्सलाई १–० ले हराएको थियो । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ । यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

साफमा नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे (नेपाल ३-२ ले विजयी)
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0