एम्बाप्पे भन्छन् : ‘पिएसजी छोडेर रियल मेड्रिड जान चाहन्छु’

फुटबल

काठमाडौँ । पेरिस सेन्ट जर्मेनका किलियन एम्बाप्पेले गत जुलाईमा मेस्सी आएपछी नै आफुले पिएसजी छोड्न चाहेको क्लब व्यवस्थापनलाई बताएको स्पष्ट गरेका छन् । उनले फ्रान्सको पत्रिका आरएमसीसँगको अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन् ।

“मेस्सी आएपछी मैले क्लब छाड्छु भनेर भनिसकेको छु,” क्लबसँगको सम्झैता नवीकरण नगर्ने दोहर्‍याएका २२ वर्षीय फरवार्ड एमबाप्पेले भने, “म चाहन्छु, क्लबले ट्रान्सफर रकम प्राप्त गरोस् । ताकि, मेरो स्थानमा राम्रो खेलाडी ल्याउन सकियोस् ।”एम्बाप्पेले पिएसजीमा आफुले अत्यन्त खुशीको समय बिताएको बताउदै आफुले अन्तिम समयमा क्लब छोड्ने जानकारी गराएको भन्ने कुरा सहि नभएको स्पष्ट गरेका छन् ।

एम्बाप्पेलाई गत ट्रान्सफर विन्डो बन्द हुने अन्तिम समयसम्म पनि रियल म्याड्रिडले किन्ने प्रयास गरेको थियो । यद्यपि पीएसजी र रियल मड्रिडबीच उनको ट्रान्सफरको सम्झौता हुन सकेन । रियलले अझै उनलाई अनुबन्ध गर्न चाहेको छ । एक अन्तर्वातामा बोल्दै उनले भने, ‘मैले यो समरमा क्लब छाडें भने म रियल मड्रिड मात्र जान्छु ।’

रियलले एम्बाप्पेका लागि पिएसजीलाई २२० मिलियन युरोको अफर गरेपनि पिएसजीले सो अफर अस्विकार गरेको थियो । अहिलेसम्म एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नविकरण गरेका छैनन् भने आगामी जनवरीसम्म अहिलेको अवस्था रहेमा एम्बाप्पे फ्री-ट्रान्सफरमा कुनै पनि क्लबसँग सम्झौता गर्न स्वतन्त्र हुने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged