किरन पोलार्डको उत्कृष्ट ब्याटिङसँगै चेन्नईविरुद्ध मुम्बईको जित

आईपिएल क्रिकेट

काठमाडौं : किरन पोलार्डले आक्रमक ब्याटिङ गरेपछि इन्डियन प्रियिमर लिग (आईपीएल) अन्तर्गतको गएराति भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जीत निकालेको छ । मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो।योसँगै रोहित शर्मा नेतृत्वको मुम्बईले यो सिजन सात खेलमा चौथो जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ। महेन्द्रसिंह धोनी कप्तान रहेको सीएसकेले यो हारसँगै सातौ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा कायमै छ।

चेन्‍नईले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले अन्तिम बलमा लक्ष्य पूरा गर्यो। मुम्बईका लागि कायरन पोलार्डले विस्फोटक ब्याटिङ गरेका थिए । उनले केवल ३४ बलमा ८७ रनको अविजित पारी खेले जसमा ६ चौका र ८ छक्का सामेल थिए । अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा पोलार्डले दुई छक्का प्रहार गर्दा दुई बल डट खेले भने दुईपटक दुई रन लिए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा उनले २ रन लिएका हुन् ।

यस्तै ओपनर क्वेन्टन डिककले ३८ रन बनाउँदा कप्तान रोहित शर्माले ३५ र क्रुनाल पाण्ड्याले ३२ रन जोडे। हार्दिक पाण्ड्याले १६ रन बनाउँदा अन्यले दोहोरो रन बनाउन सकेनन्। चेन्‍नईका साम करानले ३ तथा शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोईन अलीले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १८ रन बनाएको थियो। उसका लागि अम्बाती रायाडुले सर्वाधिक ७२ रन बनाए। उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए।

यस्तै, चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय पारी खेले। अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले २८ बलमा ५० रन बनाए। मुम्बईका पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए। प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पुछारका दुई टोली राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दै छन् भने साँझ पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0