राजस्थानमाथि मुम्बईको सानदार जित

क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले सहज जित निकालेको छ । सारजाहमा मंगलबार राति सम्पन्न भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।

राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डयले अविजित ५ रन बनाए ।

बलिङतर्फ राजस्थानका लागि मुस्तफिजुर रहमान र चेतन साकारियाले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र बनाएको थियो। राजस्थानका लागि इभिन लुइसले सर्वाधिक २४ रनको योगदान गरे । त्यस्तै डेभिड भिलरले १५ रन बनाउँदा राहुल तेवातिया र यजश्वी जैसवालले समान १२–१२ रन बनाए ।

यस जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0