इटालीको अपराजित यात्रामा पूर्णविराम

फुटबल

काठमाडौं । युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । युइएफए नेशन्स लिगअन्तर्गत बुधबार राति भएको सेमिफाइनलमा इटालीलाई स्पेनले २-१ गोलले पराजित गरेको हो।

स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गर्दा इटालीका लोरेन्जो पेलिग्रिनीले १ गोल फर्काए । म्यानचेस्टर सिटीका फरान टोरेसले खेलको १७ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थपिएको २ मिनेटमा टोरेसले पुनः गोल गर्दा पहिलो हाफमै २-० को अग्रता बन्यो । खेलको ८३ मिनेटमा इटालीका पेलेग्रिनीले गोल गर्दै दूरी घटाउने प्रयास गरेका थिए । यद्यपि त्यो सफल भएन ।

जितसँगै स्पेनले युरो कप सेमिफाइनल अन्तर्गत वेम्वलीमा भागेको हारको बदलासमेत लिएको छ । इटालीले आफ्नो घरेलु मैदानमा सन् १९९९ पछि पहिलो पटक हार ब्यहोरेको हो । इटालीले सन् २०१८ मा नेसन्स लिग अन्तर्गत नै पोर्चुगलसँग हार बेहोरेयताका ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो । यी ३७ खेलमा इटालीले ३० खेलमा जित हात पार्दा ७ खेल बराबरी खेलेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0