आईपीएलको प्लेअफ समीकरण पुरा, मुम्बई प्ले–अफमा पुग्न सकेन

क्रिकेट

काठमाडौं, असोज २३ : साबिक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट मुम्बई इन्डियन्स आईपीएल बाहिरिएको छ । शुक्रबार बेलुका भएको खेलमा सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गरे पनि प्ले–अफमा स्थान बनाउन नसकेको हो ।

गएराति मुम्बईले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको हैदराबादले आठ विकेट गुमाएर एक सय ९३ रन मात्रै बनाउन सक्यो । हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ६९ रन बनाए । यसअघि इशान किसनको ३२ बलमा ८४ र सूर्यकुमार यादवको ४० बलमा ८२ रनको मद्दतमा मुम्बईले दुई सय ३५ रन बनाएको थियो । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको क्षतिमा २३५ रन बनायो । उसका लागि इशान किशनले ८४ तथा सूर्यकुमार यादवले ८२ रनको योगदान दिए ।

आईपीएलको प्लेअफ समीकरण पुरा

समूह चरणका खेल सकिएसँगै प्लेअफ समिकरण पुरा भएको छ। सबै टिमले १४ खेल खेलेका छन् जसपछि प्लेअफ समीकरण समेत तय भएको हो। दिल्ली क्यापिटल्स २० अंकसहित शीर्ष स्थानमा रहँदा चेन्नाई १८ अंक सहित दोस्रो, बैंगलोर १८ अंकसहित तेस्रो तथा कोलकाता १४ अंक सहित चौंथो स्थानमा रहेर प्लेअफ पुगे।

लिगको प्लेअफ चरणको खेलहरु आइतबारदेखि सुरु हुनेछन्। पहिलो क्वालिफायरमा आइतबार राति दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन्, जसको विजेता फाइनल पुग्नेछ। यस्तै इलिमिनेटरमा अक्टोबर सोमबार बैंगलोर र कोलकाताबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले फाइनल प्रवेशको लागि पहिलो क्वालिफायरको उपविजेतासँग अक्टोबर १३ मा खेल्नेछ। फाइनल खेल अक्टोबर १५ तारिखमा दुबईमा खेलिनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0