नेपाली कप्तान भन्छन् : ‘भोली भारतलाई हराउँदै नेपालीलाई खुसि दिन तयार छौ’ ( भिडियो हेर्नुस )

क्रिकेट

काठमाडौं । नेपालका कप्तान किरणकुमार लिम्बुले भोलि भारतलाई पराजित गरेर नेपाली दर्शकको सपना साकार पार्ने बताएका छन् । शनिबार भएकाे प्रि म्याच कन्फ्रेन्समा बोल्दै भोलि हुन गइरहेको भारतविरुद्धको खेल अति महत्वपूर्ण रहेको र खेल जितेर नेपाली दर्शकको सपना साकार पार्ने उनले बताए ।

‘‘दक्षिण एसियाली भारत बलियो टिम हो । यसमा कुनै शंका छैन । उनीहरूले सबैभन्दा धेरैपटक उपाधि जितेका छन्,’’ कप्तान किरणले भने, ‘‘तर, त्यसको मतलब हामी नराम्रो टिम भन्ने होइन । प्रतियोगितामा हामी अन्डर डग टिम हौँ । भारतविरुद्ध खेल्न हामीले राम्रो तयारी गरेका छौँ । भोलि प्रतिस्पर्धात्मक खेल हुनेछ ।’’

‘सपना देख्नुपर्छ । सपना देखेपछि नै पूरा हुने हो । सिंगो नेपाली फुटबल समर्थकको सपना साफ जित्ने हो, यो मेरो मात्र सपना होइन र त्यो सपना पूरा गर्नका लागि भोलिको खेल अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यो सपना पूरा गर्नका लागि हामी पूर्ण रुपमा तयार छौं,’ किरणले भने ।

नेपालले आइतबार भारतविरुद्ध माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १-१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0