गोलको बर्षा गर्दै इङ्ल्याण्ड बिश्वकप छनोट नजिक

फुटबल

एजेन्सी । विश्वकप फुटबल छनोटअन्तर्गत एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इंग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्यामी अब्राहम, जेम्स वार्ड प्राउज र ज्याक ग्रेलिसले १–१ गोल गरे ।

खेलको १७औं मिनेटमा चिलवेलले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा साकाले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए । ५९औं मिनेटमा अब्राहमले गोल गर्दै इंग्ल्यान्डलाई ३–० ले अगाडि बढाए । उनले सान्चोको पासमा गोल गरे ।

७९औं मिनेटमा प्रोजले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को अग्रता दिलाए । ८६औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को फराकिलो जित दिलाए । उनले साम जोनस्टोनको पासमा गोल गरेका थिए ।

७ खेलबाट इंग्ल्याण्डको १९ अंक भएको छ । समूहको दोस्रो स्थानमा रहेको अल्बानियाको ७ खेलबाट १५ अंक छ । विश्वकप छनोटकै अर्को खेलमा गएराति डेनमार्कले माल्दोभालाई ४–० ले हराउँदा पोल्याण्डले सान मारिनोमाथि ५–० को जित निकाल्यो ।

यसैगरी स्कटल्याण्डले इजराइललाई ३–२ ले हराउँदा स्विडेनले कोसोभोलाई ३–० ले तथा स्विटजरल्याण्डले नर्दन आयरल्याण्डलाई २–० ले पाखा लगायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0