नेपाल भर्सेज भारत ! इतिहास हेर्दा भारत बलियो, नेपाल कमजोर

फुटबल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ। नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो ।

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

भारत नेपाल भन्दा धेरै बलियो टीम हो । भारत फिफा र्याङ्किङको १०७ स्थानमा रहेको टीम हो भने नेपाल फिफा र्याङकिङको नेपाल १६८ औ स्थानमा रहेको छ । यसरी हेर्दा नेपाल भारतको फिफा र्याङकिङमा ६१ स्थान तलमाथि छ ।

इतिहासलाई हेर्ने हो भने हालसम्म नेपाल र भारतले २२ खेलमा एक अर्काको समाना गरेका छन् । जसमा भारतले १४ खेल आफ्नो पक्षमा पार्दा नेपालले मात्र ३ खेल जित्न सकेको छ । ५ खेल बराबरीमा सकिएको छ । नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

यस्तो छ २३ सदस्यीय नेपाली टिम : किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0