मेसी चम्किएपछि उरुग्वे माथि अर्जेन्टिनाको शानदार जीत

फुटबल

काठमाडौं । लियोनल मेसीले गोल गरेपछी विश्वकपको दक्षिण अमेरिकी छनाेट अन्तर्गत अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो।

घरेलु मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियाेनल मेस्सी, रोड्रिगो डि पउल र लाउटाराे मार्टिनेजले १-१ गाेल गरे । मेसीले ३८औं मिनेटमा गरेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा रोड्रिगो डी पाउलले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

६२औं मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले सहज विजय हासिल गरेको हो । जितसँगै अर्जेन्टिना १० खेलबाट २२ अंक जाेड्दै दाेस्रो स्थानमा रहँदा उरूग्वे ११ खेलबाट १६ अंकका साथ चाैथाे स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0