फ्रान्सलाई नेसन्स लिगको उपाधी जिताउन एम्बाप्पेले गरेको गोल बिवादित

फुटबल

एजेन्सी । किलियान एम्बाप्पेको विवादित गोलको मद्दतले विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । इटालीकाे सानसिराे स्टेडियममा भएकाे फाइनलमा सरूवाती अग्रता जाेगाउन नसक्दा स्पेन उपाधिबाट बन्चित भयाे ।

खेलमा स्पेनका मिकेल ओयरजबालले गोल गर्दै टोलीलाई अग्रता दिए । तर फ्रान्सका करिम बेन्जमा र किलियन एम्बाप्पेले एक एक गोल गर्दै टोलीको जित पक्का गरे । तर, गोलअघि एम्बाप्पे अफसाइड पोजिसनमा रहेको भन्दै विवाद भइरहेको छ । खेलमा फ्रान्सका गोलकिपर हुगो लोरिसले स्पेनका दुई प्रहारलाई विफल पारिदिएका थिए।

त्यसअघि आइतबार राति नै भएको खेलमा बेल्जियमलाई २–१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0