कोलम्बियाले तोड्यो ब्राजिलको जितको शिलशिला, नेईमार पनि पनि केहि चलेन

फुटबल

काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनाेट अन्तर्गत साेमबार बिहान भएकाे खेलमा खेलमा ब्राजिल काेलम्बियासँग गाेलरहित बराबरीमा राेकिएकाे छ। विश्वकप छनोटमा ब्राजिलले पहिलो बराबरी खेलेको हो ।

छनोट प्रतियोगितामा लगातार ९ खेलमा विजय हासिल गरेको ब्राजिल पहिलो पटक बराबरीमा रोकिएको हो । नेइमार निलम्बन पछि टोलीमा फर्किए पनि ब्राजिललाई जिताउन असफल रहे । उनले गोलका लागि पाएका केही राम्रो अवसर खेर फाले । ब्राजिलले अब अक्टोबर १५ मा उरुग्वेविरुद्ध खेल्नेछ । सोही दिन कोलम्बियाले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।

छनाेट अन्तर्गत साेमबार नै भएकाे अर्को खेलमा अर्जेन्टिनाले उरूग्वेमामाथि ३-० काे सहज जित दर्ता गरेकाे छ । घरेलु मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियाेनल मेस्सी, रोड्रिगो डि पउल र लाउटाराे मार्टिनेजले १-१ गाेल गरे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0