‘भारतसँग हारको जिम्मेवार म हुँ खेलाडी होइनन्’ : अब्दुल्लाह अलमुताइरी

फुटबल

काठमाडौं : १३औं साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतसँग नेपाल पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो।

हारपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हार खेलाडीका कारण आफ्नो कारणले भएको बताए । पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनी आफू नेपालको प्रस्तुतीमा सन्तुष्ट रहेकोसमेत उल्लेख गरे ।

‘हारको जिम्मेवार म हुँ खेलाडी होइनन्,’ उनले भने। यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकमै शीर्षस्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
2
+1
0
+1
4
+1
7
+1
0