आईसीसीको ‘प्लेयर अफ द मन्थ’ बने सन्दीप लामिछाने

क्रिकेट

काठमाडौं । सेप्टेम्बर महिनाको ‘आईसीसी प्लेयर अफ दी मन्थ’ नेपालका लेग स्पिनर सन्दीप लामिछाने घोषित भएका छन् । बंगलादेशका नसुम अहमद र अमेरिकाका जस्करण मल्होत्रालाई पछि पार्दै लामिछानेले यस महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका हुन् ।

सन्दीपले ओमानमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट बलिङ गरेका थिए। सिरिजअघि उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा पपुवा न्युगिनीविरूद्ध ६ विकेट लिँदा ११ रन खर्चिएका थिए।

समर्थकको भोटको आधारमा सन्दीप विजयी भएको आइसीसीले जानकारी दिएको छ । यसअघि ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको अप्रिल महिनाको प्लेयर अफ द मन्थको मनोनयनमा परे पनि उपाधि जित्न सकेका थिएनन् । त्यस्तै महिला खेलाडी तर्फ भने इङल्याण्डकी कप्तान हिथर नाइट सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेकी छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged