नेयमारले भने : ‘मेरो लागि कतार विश्वकप अन्तिम हुनसक्छ’

फुटबल

काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् । ‘नेइमार एन्ड द लाइन अफ किंग्स’ डकुमेन्ट्री निर्माणको क्रममा २९ वर्षीय फरवार्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

२९ वर्षीय नेयमारको उक्त धारणा डीएडेजएनद्वारा निर्मित वृत्तचित्र ‘नेमार एण्ड द लाइन अफ किंग्स’ मा समेटिएको छ। त्यसको एउटा अंश आइतबार सामाजिक सञ्जालमा प्रसारण भएको थियो।

‘मलाई २०२२ को कतार विश्वको मेरो अन्तिम विश्वकप हो कि जस्तो लाग्छ । किनकी त्यसपछि पनि फुटबल खेल्न मसँग मानसिक क्षमता हुन्छ कि हुँदैन भन्ने थाहा छैन ।’ कतार विश्वकपबारे उनले अघि भनेका छन्, ‘राम्रो लयमा रहन, देशलाई जिताउन र आफू सानो हुँदादेखिको सपना पूरा गर्न सबै प्रयास गर्नेछु र मलाई यो पूरा गर्न सक्छु जस्तो लाग्छ ।’ नेयमारले भनेका छन्।

नेइमारले दुईवटा विश्वकप खेलिसकेका छन् । ब्राजिलमै सम्मन्न २०१४ को विश्वकपमा नेइमार क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा घाइते भएका थिए । उनको ढाडमा चोट लागेको थियो । सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
4