१३ बर्षमा पनि बेङ्लोर उपाधी बिहिन, अन्तिम खेलमा पनि झुर प्रदर्शन

आईपिएल आईपीएल क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बङ्लोर र त्यसका कप्तान बिराट कोहलीको यात्रा समाप्त भएको छ । दोस्रो एलिमिनेटरमा कोलकत्ता नाईट राईडरसँग ४ विकेटले पराजित भएसँगै १३ बर्षसम्म पनि बेङ्लोरले उपाधी जित्न सकेको छैन ।

युएईको सारजहाँमा गएराति भएको एलिमिनेटर खेलमा कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो । बैंगलोरले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य कोलकाताले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे।

यस्तै सुनिल नारिन तथा वैंकटेश एयरले समान २६/२६ रन बनाए। नितिश रानाले २३ रन जोड्दा दिनेश कार्तिकले १० रन आउट भए। बैंग्लोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २÷२ विकेट लिए ।

यसअघि खेलमा पहिले व्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो। बैंगलोरका कप्तान विराट कोहलीले ३९, देबदुत पडिकलले २१, ग्लेन म्याक्सवेलले १५, साहबाज अहमेदले १३ र एबी डी भिलियर्सले ११ रन बनाए ।

हारसँगै बैंग्लोर प्रतियोगताबाट बाहिरिएको छ भने अब कोलकाता र दिल्ली क्यापिटल्सबीचको दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ। यसअघि आइतबार भएको पहिलो क्वालिफायर खेलमा दिल्ली चेन्नईसँग पराजित भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0