विश्वकपको युरोपियन छनोटमा नेदरल्यान्डले गर्‍यो गोलको बर्षा

फुटबल

काठमाडौं । विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति भएको खेलमा नेदरल्यान्डले सानदार जित हात पारेको छ। घरेलु मैदानमा गएराति सम्पन्न खेलमा फरवार्ड मेम्फिस डिपाएले दुई गोलसँगै दुई असिस्ट दिएपछि नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित निकालेको हो।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे । यस्तै कप्तान भिर्जिल भान डाइक, डेन्जेल डुम्फ्राईज, अर्नौट डान्जुमा र डोनएल मालेनले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा भान डाइकले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा डिपाए पेनाल्टीमा चुक्दा नेदरल्यान्डले अग्रता दोब्बर बनाउन सकेन तर २१ औं मिनेटमा उनैले टोलीका लागि दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा डिपाएले नै पेनाल्टीमा गोल गर्दै नेदरल्यान्डलाई ३–० ले अगाडि बढाए । ४८औं मिनेटमा डम्फ्राइजले नेदरल्यान्ड्सका लागि चौंथो गोल गरे । ७५औं मिनेटमा डान्जुमाले गोल गर्दा नेदरल्यान्ड ५–०ले अघि रह्यो ।

खेलको ८६औं मिनेटमा अर्काे सब्सिच्युट डोनीयल मालेनले गोलसँगै डच टोलीले ६–० को फराकिलो जित हात पार्यो। जितसँगै ८ खेलमा १९ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ । अंक विहीन जिब्राल्टर पुछारमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0