आईपिएलमा फ्लप कप्तान साबित भए कोहली, १० बर्ष कप्तानि गर्दा पनि बैंग्लोर उपाधी विहिन

क्रिकेट

काठमाडौं : कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डीयन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटबाट बाहिरिएको छ । युएईको सारजहाँमा गएराति भएको एलिमिनेटर खेलमा कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो ।

२००८ बाट आइपिएल खेलिरहेका विराट २०११ मा बैंगलोरको कप्तान बनेका थिए । करिब १० बर्ष कप्तानी गरेका विराटले बैंगलोरलाई आइपिएलको उपाधि भने जिताउन सकेनन् । बैंगलोरको कप्तानका रुपमा विराट कोहलीको यो अन्तिम खेल थियो ।

दोस्रो चरणका खेलहरु सुरु हुनअघि कोहलीले कप्तानका रुपमा उनको यो अन्तिम आईपीएल हुने बताएका थिए । कोहलीको अगुवाईमा टोली फाइनलसम्म पुगे पनि उपाधि भने हात पार्न सकेन । १४० खेलमा विराटले कप्तानी गर्दा टोलीले ६४ खेलमा जीत हासिल गर्न सफल रह्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0