पोर्चुगलको शानदार जितमा रोनाल्डोको ह्याट्रिक

फुटबल

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकपको युरोपेली छनोट प्रतियोगितामा पोर्चुगलले शानदार जित हात पारेको छ । रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीसहित तीन गोल गर्दा पोर्चुगलले लग्जेम्बर्गलाई ५–० ले पराजित गरेको हो ।

रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दा पोर्चुगलले २–० को अग्रता बनाएको थियो। १७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले बर्नार्डो सिल्भाको पासमा गोल गरसँगै पहिलो हाफमा पोर्चुगल ३–०को स्थितिमा पुग्यो। दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०औं र व्यावसायिक करिअरमा ५८ औं ह्याट्रिक पूरा गरे। उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्यासमेत १ सय १५ पुर्याएका छन्। उनले केही दिन अघिमात्र इरानका अली दाइले राखेको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए।

गएराति नै भएको अर्को खेलमा सर्बियाले अजरबैजानलाई ३–१ ले हराएको छ । सर्बिया १७ अंकसहित समूहको शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged