सिरी ए फुटबलमा इन्टरसँग क्रोटोन २–० गोल अन्तरले पराजित

फुटबल

एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जित निकालेको छ । शनिबार राति क्रोटोनको मैदानमा भएको खेलमा इन्टरले क्रोटोनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन क्रिस्टियन एरिक्सन र आच्रफ हाकिमीले एक÷एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा एरिक्सनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा हाकिमीले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए । जितसँगै इन्टर ३४ खेलमा ८२ अंक जोड्दै सिरी ए को उपाधि नजिक पुगेको छ भने क्रोटोन १८ अंक सहित तालिकाको पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0