डेनमार्क बन्यो विश्वकपमा छनोट हुने तेस्रो टोली

फुटबल

काठमाडौँ । डेनमार्क २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो । यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ ।

गत मंगलबार नर्थ म्यासेडोनियालाई ४-० ले पराजित गर्दै जर्मनी यसअघि नै विश्वकप भइसकेको छ । कतार आयोजकको रुपमा छनोट भइसकेको छ । अस्ट्रियाविरुद्धको खेलमा खेलको ५३औँ मिनेटमा जोआकिम माएहिलेले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

स्टार खेलाडी क्रिस्टियन एरिक्सनबिना विश्वकप छनोटमा खेलिरहेको डेनमार्कले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टोलीले सन् २०२० को सेमिफाइनलसम्म युरोपियन च्याम्पियनसीपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

गएराति भएको अर्को खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले लक्जेम्बर्गलाई ५–० ले हरायो । यो समूहमा पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको सर्विया १७ अंकसहित शिर्ष स्थनमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0