नेपाल भर्सेज बंगलादेश ! यसरी बंगलादेशबिरुद्ध आज नजितेपनि नेपाल फाईनलमा पुग्छ

फुटबल

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रिदा नेपाल पहिलोपटक साफ फाइनल पुग्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले र श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दुई खेल जितेर उत्कृष्ट शुरुवात गरेको थियो भने भारतसँग १-० को हार बेहोरेको थियो ।

आज हुने दुई खेलले फाइनल पुग्ने दुई टोलीको तय हुनेछ ।बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर्नेछ।

यस्तो छ २३ सदस्यीय नेपाली टिम : किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
3
+1
1