नेपाल भर्सेज बंगलादेश ! ‘हेड टु हेड’मा नेपाल कमजोर बंगलादेश बलियो

फुटबल

काठमाडौँ । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियन्सिप अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेल बंगलादेशविरुद्ध आज खेल्दै छ । खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध बराबरी वा जितले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन । राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

शीर्ष स्थानमा रहेको माल्दिभ्सको पनि ६ अंक नै छ । भारत ५ अंकसहित तेस्रो स्थानमा छ भने बंगलादेश ४ अंकबाट चौथो स्थानमा छ । अन्तिम खेलमा भारत र माल्दिभ्स खेल्नेछन् ।

हेड टु हेडमा नेपाल कमजोर

यी दुईले २२ खेलमा एक अर्काको सामना गरेका छन् जसमा बंगलादेश १३ खेलमा र नेपाल ७ खेलमा विजयी हुँदा मात्र २ खेल बराबरीमा सकिएको छ ।

यी दुईले पहिलोपटक १९८३ मा एक अर्काको सामना गरेका थिए । मेर्डेका टुर्नामेन्ट अन्तर्गत भएको यो खेलमा बंगलादेश १–० ले विजयी भएको थियो । थ्री नेशन्स कप अन्तर्गत यसै वर्ष भएको पछिल्लो भेटमा भने नेपाल २–१ ले विजयी भएको थियो ।

बुधबार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन । पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ । श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0