नेपाल र बंगलादेशबिचको खेल कसरी हेर्ने लाईभ ? जानीराखौं

फुटबल

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल मालेस्थित राष्ट्रिय रंगशालामा दिउँसो ४ः ४५ बजे सुरु हुनेछ ।

राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३९२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १–० ले पराजित भएको थियो ।

नेपाल बंगलादेशलाई हराउने योजनासहित मैदान उत्रनेछ । बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दुवै टोलीका लागि डु अर डाइको अवस्था छ ।

यसरी हेर्नुस लाईभ

नेपाल र बंगलादेशबिचको आज हुने खेल नेपालमा एक्सन स्पोट्सले प्रतक्ष्य प्रसारण गर्नेछ । साथै बिश्वभरी रहनु भएको खेलप्रेमीहरुको लागि यो खेल सुरु हुने बित्तिकै हाम्रो वेबसाईटमा पनि लाईभ हेर्न सक्नु हुनेछ । त्यसैले कृपया यो खबरलाई शक्दो शेयर गरिदिनु होला ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0