प्रशिक्षक अलमुताइरीले दिए राजिनामा, साफ च्याम्पियनसिप फाइनल अन्तिम खेल

फुटबल

काठमाडौं । जारी साफ च्याम्पियनसिपको फाइनलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने भएका छन् । बुधबार बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र जारी साफको फाइनल खेलपछि आफू नेपालमा नरहने बताएका हुन् ।

‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए र भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ प्रशिक्षक अल्मुताइरीले भने ।

उनले साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएपछि समर्थक र मिडियाले उनीमाथि गरेका टिकाटिप्पणीप्रति पनि असन्तुष्टि जनाए । यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि अलमुताइरीले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । तर पछि यो विषय सेलाएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
4