दिल्ली आईपिएलबाट बाहिरियो, कोलकत्ता फाईनलमा

क्रिकेट

काठमाडौं : दोस्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्समाथि रोमाञ्चक विजय हासिल गर्दै कोलकाता नाइटराइडर्स आईपीएल २०२१ को फाइनलमा पुगेको छ । सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । कोलकाताका लागि बेन्काटेस ऐयरले सबभन्दा धेरै ५५ रन बनाए । शुबमन गिलले ४६ रन जोडे । दुई जनाले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे । नितिश रानाले १३ रन बनाए । त्यसपछि राहुल त्रिपाठीले अविजित १२ रन बनाउँदै कोलकातालाई रोमाञ्चक जित दिलाए ।

सुरुआत राम्रो भए पनि कोलकाताको मध्यपंक्ति ध्वस्त भएको थियो । २ बलमा ६ रन चाहिएको अवस्थामा राहुल त्रिपाठीले छक्का प्रहार गरी १ बल अगावै खेल जिताएका हुन् । यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३६ तथा श्रेयस ऐयरले ३० रनको योगदान दिएका थिए । कोलकाताका लागि वरुण चक्रवर्तीले २ विकेट लिए ।

आईपीएलको फाइनलमा इयोन मोर्गन नेतृत्वको कोलकाता र महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाइ सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल १५ अक्टुबरको दिन दुबई अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged