साफ च्याम्पियनसिपको फाईनलमा नेपाल र भारत भिड्ने, कसले जित्ला उपाधी ?

फुटबल

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार रातिको खेलमा माल्दिभ्सलाई ३-१ ले हराउँदै भारतले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो । फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।

कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो । माल्दिभ्सका अलि अश्फाकले १ गोल फर्काए । जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए ।

भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0