अल्मुताइरीले भने,- ‘नेपाली मिडियाले खेदो खने, अब कहिल्यै नेपाल फर्किन्न’

फुटबल

काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु अब नेपाल नफर्किने बताएका छन् । नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेसँगै पत्रकार सम्मेलन गर्दै आफु नेपाल​ नफर्किने बताएका हुन् ।

‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’ उनले भने । अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र साफ च्याम्पियनसिपपछि त्यो लागु हुने बताए । उनले साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएपछि समर्थक र मिडियाले उनीमाथि गरेका टिकाटिप्पणीप्रति पनि असन्तुष्टि जनाए ।

आफूमाथि म्याच फिक्सिङको आरोप लागेको भन्दै उनले भने, ‘म ती मिडियालाई सोध्न चाहन्छु कमेन्टमा म्याच फिक्सिङ कुरा गरेर के तपाईँ खुसी हुनुहुन्छ ? मेरो छोराले सोध्यो उक्त कमेन्ट के हो ? यसको मतलब के हो ? के विज्ञापन ल्याएर पैसा कमाउन चाहनुहुन्छ ? कृपया अरुको नाममा पैसा नकमाउनुस् । म त्यो मिडियाको नाम उल्लेख गर्दिनँ तर मलाई दुख लागेको छ।’

‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरालागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’ उनले भने । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसँग विवाद भएपछि अल्मुताइरीले फेसबुकमार्फत् राजीनामा घोषणा गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
7
+1
25