फाईनल पुगेको दुई दिनपछि नेपाली फुटबल टिमलाई राष्ट्रपतिको बधाई

फुटबल

काठमाडौं । साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन्।

सामाजिक सञ्जाल ‘ट्विट’ मार्फत साफ फुटबल प्रतियोगिताको इतिहासमै पहिलोपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा राष्ट्रपतिले नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी हुन्।

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन्।

अब आगामी शनिकार हुने फाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0