खेल सकिन १० मिनेट बाँकी रहँदा दुई गाेल, चेल्सीले आर्सनलाई हरायाे

भलिबल

काठमाण्डाै : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा भएकाे खेलमा चेल्सीले आर्सनलकाे सुरुवाती गाेलकाे अग्रता उल्ट्याएकाे हाे । इमिरेट्स स्टेडियममा आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे इम्रिककाे गोलबाट अग्रता बनाएको थियो ।

तर खेल सकिन अन्तिम १० मिनेटमा चेल्सीले २ गाेल फर्काउँदै जित निकाल्याे । खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई बराबरीमा पुर्‍याए त्यसपछि खेलको ८७ औं मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

बाँकी समयमा आर्सनलले गाेल फर्काउन सकेन र पराजित भयाे । अंक तालिकामा चेल्सी ४औँ स्थानमा छ भने आर्सनल १२औँ स्थानमा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *