चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि

क्रिकेट

काठमाडौं : १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथोपटक चेन्नईएलको उपाधि हात पारेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि शुभमन गिल र भेन्केटस यैरले अर्धशतकीय पारी खेले । गिलले ४३ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए । यैरले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । त्यस्तै कोलकाताका लागि शिभम माभीले २० र लकी फग्युसनले १८ रन बनाए ।

चेन्नईका शार्दुल ठाकुरले तीन, रवीन्द्र जडेजा र जोस हेजलउडले २–२ तथा दीपक चाहर र ड्वेन ब्राभोले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

चेन्नईका लागि फाफ डू प्लेसिसले ८६ रनको अर्धशतकीय परी खेले । ५९ बल खलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै मोहिन अलीले ३७ रन बनाउँदा रुतुराज गाइक्वाडले ३२ र रोविन उथपाले ३१ रनको योगदान गरे । बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले दुई विकेट लिए । त्यस्तै शिभम् माभीले एक विकेट लिए ।

चेन्नईले सन् २०१०, २०११ र २०१८ मा आईपीएलको उपाधि जितेको थियो । चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । प्रतियोगितामा चेन्नईका युवा ओपनर रुतुराज गायकवाडले यो सीजनमा ओरेन्ज क्याप जिते । उनी सबैभन्दा कम उमेरमा ओरेन्ज क्याप जित्ने खेलाडी बने । रुतुराजले १६ खेलमा ४५.३६ को औसतका साथ ६३५ रन बनाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0