नेपाली स्टार स्ट्राईकर अञ्जन विष्टले फाईनल खेल्न नपाउने, यस्तो छ कारण

फुटबल

काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन्। तर नेपाली टोलीका फरवार्ड अञ्जन विष्टले फाइनल खेल गुमाउने भएका छन् ।

बंगलादेशसँग खेलको ८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए । तर, खेलका क्रममा क्रसमा आएको बललाई हातले हान्न खोजेपछि उनले पहेँलो कार्ड पाएका थिए ।

यसअघि अञ्जनले भारतसँगको खेलको अन्तिम समयमा पनि पहेँलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा दुई पटक पहेँलो कार्ड पाएकाले उनले फाइनल खेल गुमाएका हुन् । अञ्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ । यस्तै मिडफिल्डर पुजन उपरकोटीले खेल्ने सम्भावना कम रहेको छ । चोटको कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको छ।

नेपाल र भारतबीचको खेल फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ। नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदै छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
Tagged