फाईनलमा प्रतिबन्ध लागेपछि अलमुताइरीले भने : ‘साफले अन्याय गर्‍यो’

फुटबल

काठमाडौं । फाइनलमा प्रतिबन्ध लगाएपछि नेपाली फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन्। अलमुताइरीले साफले आफूमाथि अन्याय गरेको बताएका छन्।

अलमुताइरीले दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको पत्राचार गरेको थियो। तर आफूले नै बनाएको नियमविपरीत रहेको भन्दै एन्फाले समेत असन्तुष्टि जनाएको बताइएको छ।

‘साफले अन्याय गरेको छ। यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ। तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो,’ उनले भने, ‘यो नेपाली फुटबलमाथि कारवाही भएको हो।’

‘यो निष्पक्ष भएन…, यो न्यायसंगत भएन’, साफले जारी गरेको नियमका बुँदासमेत राख्दै अलमुताइरीले लेखेका छन्, ‘हामीले नियमको पालना गर्नुपर्छ।’ साफले आफ्नो फाइनल खेलाउने सपना चकनाचुर पारिदिएको भन्दै प्रशिक्षक अलमुताइरीले अन्यायविरुद्ध कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा जाने बताए। उनलेबताए।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2