भारतले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि, फाईनलमा नेपाल स्तब्ध

फुटबल

ठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।

फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै भारतले ४६ औं र ४७ औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपालको उपाधि उचाल्ने सपना तुहिएको थियो । भारतका लागि सुनील क्षेत्री र अनिरुद्ध थापाले गोल गरेका थिए । खेलको ९० औं मिनेटमा भारतले थप एक गोल गरेको थियो ।

खेलको अन्तिम समयसम्म नेपाली खेलाडीहरुले गोल गर्ने धेरै प्रयास गरेपनि उनीहरु असफल रहे। नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1