आफ्नै घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको शर्मनाक हार

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-२ ले पराजित गरेको हो। योसँगै घरेलु मैदानबाहिर लगातार ३० खेलमा अपराजित रहेको युनाइटेडको कीर्तिमानमा पूर्णविराम लागेको छ ।

खेलको १९ औं मिनेटमा मासन ग्रिनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ३१ औँ मिनेटमा युरी तिलेमान्सले लेस्टरका लागि बराबरी गोल गरे। दोस्रो हाफमा काग्लार सोयुन्कुले लेस्टरलाई अग्रता दिलाए । चार मिनेटपछि नै सब्सटिच्युट मार्कस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

तर त्यसको एक मिनेटपछि नै जेरेमी भर्डीले गोल गरेपछि लेस्टर जिततर्फ अघि बढ्यो । इन्जूरी समयको पहिलो मिनेटमा प्याट्सन डाकाले गोल गरेपछि लेस्टरको जित निश्चित भयो । हारसँगै युनाइटेड पाँचौ स्थानमा खस्किएको छ । लेस्टर लिगको ११ औँ स्थानमा रहेको छ ।

शनिबार राति भएका अरु खेलमा लिभरपुलले वाट्फोर्डलाई ५-०, वुल्भ्सले एस्टन भिल्लालाई ३-२, म्यानचेस्टर सिटीले बर्नलीलाई २-० तथा साउथह्याम्पटनले लीड्स र चेल्सीले ब्रेन्टफोर्डलाई समान १-० ले पराजित गरेका छन् । नर्विच र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1