साफ च्याम्पियनसिपको ब्यक्तिगत सबै अवार्डमा नेपाली मुलका सुनिल क्षेत्रीको कब्जा

फुटबल

काठमाडौं । नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।

नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ । तर, नेपाल पहिलो पटक साफमा उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका भारतका कप्तान सुनिल क्षेत्रीले फाइनलको म्यान अफ द म्याचसहित साफ च्याम्पियनसिपको दुई मुख्य अवार्ड पनि हात पारे । सुनिलले प्रतियोगितामा ५ खेलमा ५ गोल गरे ।

त्यस्तै टोलीको उपाधि जितमा निर्णायक बनेका उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि हात पारे । प्रतियोगिताको फेयर प्ले अवार्ड भने आयोजक माल्दिभ्सले पायो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
2
+1
1
+1
13
+1
0
+1
0
+1
5