टी-२० विश्वकप क्रिकेटमा ओमानको विजयी शुरुवात

क्रिकेट

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा घरेलु टोली ओमानले विजयी सुरुवात गरेको छ । पहिलो चरण अन्तर्गत आइतबार भएको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १० विकेटले पराजित गर्दै ओमानले सुखद सुरुआत गरेको हो ।

पिएनजीले दिएको १३० रनको लक्ष्य ओमानले विकेट नगुमाइ १३.४ ‌ओभरमा पार गर्‍यो। ओमानका लागि ओपनरद्वय जतिन्दर सिंह र एक्युब इल्यासले अर्धशतक प्रहार गरे। जतिन्दरले नटआउट ७३ रन र इल्यासले नटआउट ५० रन जोडे। जतिन्दरले ४२ बलमा ७ चौका र ४ छक्का हिर्काउँदा इल्यासले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

यसअघि ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पारेको थियो ।

पीएनजीका लागि भालाले ५६ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कार्लेस अमिनीले ३७ रन बनाउँदा सेसे बाउले १३ रनको योगदान गरे । पीएनजीका लागि त्यसबाहेकका ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् । ओमानका जिसन मक्सुदले ४ विकेट लिए । कालिमुल्लाह र बिलाल खानले २÷२ विकेट लिए ।

आजको खेलमा जित निकाल्दै ओमानले दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । समूह ‘बी’मा रहेको ओमानले २ अंक जोडेको छ । यता पीएनजीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0