टि-२० बिश्वकपमा बंगलादेशमाथि स्कटल्यान्डको जित

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै बंगलादेश पराजित भएको छ। गएराति ओमानस्थित अल अमरेत मैदानमा भएको खेलमा स्कटल्यान्डले ६ रनले पराजित गरेको हो । ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो।

बंगलादेशका लागि मुश्फिकर रहिमले ३८ रनको योगदान दिए । उनले ३६ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । शकिब अल हसनले २० रन, लिटन दास र सौम्य सरकारले ५(५ रन मात्र जोडेका थिए । स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो।

स्कटल्यान्डका लागि कारिस गेभेसले सर्वाधिक ४५ रनको योगदान गरे । २८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।त्यस्तै गेरोर्ग मुन्सेले २९ रन बनाउँदा मार्क वाटले २२ रनको योगदान गरे । स्कटल्यान्डका लागि माथे क्रसले ११ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमान र साकिव अल हसनले समान दुई/दुई विकेट लिए । टाकिन अहमेद र मोहामा साफुदिनले समान एक–एक विकेट लिए । विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0