पञ्जाबलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

आईपिएल क्रिकेट

अहमदावाद, वैशाख १९ । भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले जितको लयलाई कायमै राख्दै पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।

आइतबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । दिल्लीको जितमा भारतीय क्रिकेट टोलीका सदस्यसमेत रहेको शिखर धवनले अर्धशतकीय योगदान दिए । धवनले ४७ बलमा २ छक्का र ६ चौकासहित नटआउट ६९ रन बनाए ।

राम्रो सुरुवात गरेको दिल्लीका अर्का ओपनर पृथ्वी शाँले ३९ रनको पारी खेले । यस्तै, स्टेभन स्मिथले २४, शिम्रोन हिट्मेयरले १६ तथा रिषभ पन्तले १४ रनको योगदान दिए । पञ्जाबका राइली मेरेडिथले २ तथा हरप्रीत ब्रारले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सलाई १६६ रनमा रोकेको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित ९९ रन बनाएका थिए भने डाविड मालनले २६ तथा क्रिस गेलले १३ रन बनाए। दिल्लीका कगिसो रबडाले ३ तथा अवेश खान र अक्षर पटेलले समान एक–एक विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0