साफ खेल्ने ६ खेलाडी सहित नेपाल यू–२३ को अन्तिम टोली घोषणा

फुटबल

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान टोलीमा छन् । फरवार्ड मनिष डाँगीले पनि यू-२३ टोलीमा खेल्नेछन् ।

छनोटको समूह ‘बी’मा रहेको नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । समूह ‘बी’ छनोट खेल अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । यस समूहमा रहेको नेपालले पहिलो खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

नेपाली टिम : मनिष डाँगी, अविशेक रिजाल, अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, ऋतिक खड्का, दर्शन गुरुङ, सुमन अर्याल, गौतम श्रेष्ठ, एरिक विष्ट, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
7
+1
0
+1
2
+1
5
+1
1
+1
2