नेपाली फुटबल टिम आज स्वदेश फर्कदै, अल्मुताइरी भने नेपाल नआउने

फुटबल

काठमाडौं। साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् । तर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल नआउने एन्फाले जनाएको छ । उनी केही दिन परिवारसँग बसेर केही दिन नेपाल फर्कने एन्फाको भनाइ छ ।

अल्मुताइरीले साफको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण भएको जनाएका थिए । उनी एन्फा पदाधिकारीसँग असन्तुष्ट हुँदै आएका छन् । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0