साफ उपविजेता खेलाडीहरूलाई सरकारले जनही ५ लाख दिने

फुटबल

काठमाडौं । च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलोपटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा बंगलादेशलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा भारतसँग १–० ले हारेको नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0