आयरल्याण्डका कर्टिस क्याम्फरले ४ बलमा लिए लगातार ४ विकेट

क्रिकेट

काठमाडौं । तीव्र गतिका बलर कर्टिस क्याम्फरको सानदार प्रदर्शनमा आयरल्यान्डले आईसीसी टी-२० विश्वकप २०२१ मा विजयी सुरुवात गरेको छ। आज सोमवार समूह ‘ए’ काे खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै विश्व कपमा विजयी सुरुवात गरेको हो ।

दुबईस्थित शेख ज्याद क्रिकेट स्टेडियममा नेदरल्यान्डले जितका लागि दिएको १०७ रनको लक्ष्य आयरल्यान्डले १५ ओभर १ बलमा पूरा गर्‍यो । आयरल्यान्डको जितमा ग्रेथ डेलानीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।

यता, ओपनर पाउल स्टर्लिङ ३० रनमा अविजित रहे। कर्टिस क्याम्फर ७ रनमा अविजित रहे। ओपनर केभिन ओ ब्रायन ९ र कप्तान एन्डी बालबर्नी ८ रनमा आउट भए। नेदरल्यान्ड्सका फर्द क्लासेन, पिटर सिलार र ब्रेन्डन ग्लोभरले १–१ विकेट लिए।

यसअघि यूएईको आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा अलआउट हुँदै एक सय ६ रन बनायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पिटर सेलरले २१ रनको योगदान गरे ।

बलिङतर्फ आयरल्यान्डका लागि क्याम्फरले ४ विकेट लिए । आयरल्यान्डका कर्टिस क्याम्फरले ह्याट्रिकसहित चार विकेट लिए । यो टी–२० विश्व कप २०२१ को पहिलो ह्याट्रिक पनि हो । त्यस्तै मार्क एडेयरले तीन विकेट लिँदा जोउसा लिट्लेले एक विकेट लिए ।

जितसँगै आयरल्याण्ड पहिलो राउण्डको समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ । यसै समूह अन्तर्गतको अर्को खेलमा अहिले केहीबेरमा श्रीलंका र नामिबिया भिड्नेछन् । आइतबार भएको पहिलो राउण्ड समूह ‘बी’ अन्तर्गतका खेलहरूमा ओमानले पपुवा न्यूगिनी तथा स्कटल्याण्डले बंगलादेशलाई पराजित गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0