स्टार फरवार्ड नेइमारले लाइपजिगविरुद्धको खेल गुमाउने, यस्तो छ कारण

फुटबल

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेइमारले आरबी लाइपजिगविरुद्धको खेल गुमाउने भएका छन् । चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।

गत शुक्रबार फ्रेन्च लिगवान् अन्तर्गत भएको एन्जर्सविरुद्धको खेलमा पनि पीएसजीका लागि नेइमार अनुपस्थित थिए । उक्त खेलमा पीएसजी २–१ गोलको नतिजामा विजयी भएको थियो ।

ब्राजिलियन नेयमार विश्वकप छनोटका दौरान उरुग्वेविरुद्धको खेलमा घाइते भएका थिए । क्लबले सोमबार नेयमारले च्याम्पियन्स लिगको खेल गुमाउने पुष्टि गरेको हो । पिएसजीले मंगलबारराति घरेलु मैदानमा लाइप्जिगको समान गर्दैछ ।

यद्यपि, मंगलबार राति हुने च्याम्पियन्सलिग अन्तर्गतको खेलमा उनी मैदान फर्किने आशा गरिएको थियो । तर, क्लबले लाइपजिगविरुद्धको खेलमा उनी अनुपस्थित हुने बताएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0