टी–२० विश्वकपमा स्कटल्याण्डको लगातार दोस्रो जित

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । टी–२० विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार अल इमिरेट क्रिकेट स्टेडियममा भएको खेलमा स्कटल्यान्डले पपुवा न्युगिनि (पीएनजी) लाई १७ रनले हराएको हो ।

स्कटल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । पीएनजीका लागि नोर्मान भानुवाले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै सेसे बाउले २४ रन बनाउँदा किप्लिन दोरिगाले १८ तथा काड सोपेरले १६ रनको योगदान गरे । स्कटल्याण्डका जोश डेभीले ४ विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि रिची बेरिङटनले ७० रन जोडे भने म्याथु क्रसले ४५ रन बनाए । कालम म्याकलियोडले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।

पपुवा न्यूगिनीका अबुआ मोरियाले ४ र चाड सोपरले ३ विकेट लिएका छन् । आजको खेलमा जित निकाल्दै स्कटल्यान्ड सुपर–१२ मा आफूलाई बलियो बनाएको छ । यता पीएनजीको भने अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनेको छ । पीएनजीको लगाता दोस्रो हार हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0