प्रशिक्षकका रुपमा अलमुताइरी पुन: नेपाल आउने पक्का

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार छलफल गरेपछि अलमुताइरी नेपाल फर्कन सकारात्मक भएका हुन्।

फाइनलपछि उनले आफू नेपाल नफर्किने मात्र बताएनन्, आफू कसैको नोकर नभएको विवादास्पद अभिव्यक्ति पनि दिएका थिए । त्यसपछि उनी नेपाली फुटबलबारे खासै चिन्तित नहोलान् भन्ने धेरैले अनुमान पनि गरेका थिए । तर, नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मछिरी शेर्पाले बुधबार एउटा तस्वीर सार्वजनिक गरेका छन् । उनले अल्मुताइरीसँगको तस्वीरमा नेपालको फुटबलको विषयमा छलफल गर्दै भन्ने लेखेका छन् ।

फाइनलपछि अलमुताइरी माल्दिभ्सबाटै आफ्नो देश कुवेतका लागि प्रस्थान गरेका थिए। यद्यपी उनी अहिले कतारमै रहेको एन्फा अध्यक्ष शेर्पाले बताए। फाइनलपछि उनले दिएको अन्तर्वार्तामा दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए।

२८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलमा पुगेको नेपाली टिमलाई लिड गर्न चुकेका प्रशिक्षक अल्मुताइरीले नेपाली टिमलाई अन्तिम चरणसम्म पुर्याउन निकै संघर्ष गरे । तैपनि साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन्। २८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेलेको नेपाल उपविजेतामै सीमित बनेको थियो। फाइनलमा नेपाललाई भारतले ३-० ले पराजित गरेको थियो।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0