बार्सिलोनाको सहज जितमा मेस्सीको दुई गोल

फुटबल

काठमाडौं, २० वैशाख । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ३-२ ले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान मेस्सीले दुई गोल गरे भने एक गोल एन्टोइन ग्रिजमनले थपे । घरेलु टोली भ्यालेन्सियाका लागि गाब्रियल पाउलिस्टा र कार्लोस सोलेरले समान एक/एक गाल गरे ।

जितसँगै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको छ । लिगमा ३४ खेल खेलेको बार्सिलोना ७४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको एट्लेटिको ७६ अंक सहित शीर्ष स्थानमा हुँदा रियल ७४ अंक सहित दोस्रो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0