ताजकिस्तानमा कडा अभ्यास गर्दै नेपाली (हेर्नुस फोटो फिचर)

फुटबल

काठमाडौं : एएफसी यू-२३ एसियन कप छनोटका खेल्न नेपाली यू-२३ टोली अहिले ताजिकिस्तान पुगेको छ । मंगलबार बिहान फ्लाइ दुबईमार्फत मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा नेपाली टोली ताजकिस्तानतर्फ लागेको थियो ।

यसैबिच ताजकिस्तान पुगे लगत्तै नेपाली टिमले अभ्यास समेत सुरु गरिसकेको छ । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप खेलको छनोटको लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए।

फिफा वरियतामा नेपाल भन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दै छ । नेपालले छनोटअन्तर्गत अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजिकिस्तानसँग, अक्टोबर ३१ मा लेबनानसँग खेल्ने छ । यस्तै छनोटअघि इन्डोनेसियाको यु–२३ टोलीसँग अक्टोबर २२ अर्थात आगामी शुक्रबार मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपाली यू-२३ टिम: अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज जेउ ठकुरी, आयुस घलान, शेशेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहरी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0