साफ च्याम्पियनसिपमा शानदार प्रदर्शन गरेपनि नेपालको फिफा वरियता खस्कियो

फुटबल

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । हालै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । तर, नेपालको वरीयता घटेको छ ।

साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसंग बराबरी खेलेको थियो । भारतसँग भने लिग र फाइनल गरी दुई पटक पराजित भएको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा भारत एक स्थान सुधार गर्दै १०६ औं स्थानमा आएको छ। नेपालभन्दा अघि रहेको माल्दिभ्स १ सय ५६ औं स्थानमा यथावत छ। यस्तै नेपालभन्दा पछि रहेकामध्ये भुटान र बंगलादेश भने स्थान सुधार गर्दै क्रमश: १८६ औं र १८७ औं स्थानमा उक्लेका छन् ।

फिफाको प्रतिवन्धमा रहेको पाकिस्तानको वरीयता पनि एक स्थान सुधार हुँदै १९७ औं स्थानमा छ । श्रीलंका एक स्थान सुधार गर्दै २०४ औं स्थानमा उक्लेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्। अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
2
+1
0
+1
1