आईपिएलमा कोरोनाको असर ! दुई खेलाडी पोजेटिभ देखिएपछि आजको खेल स्थगित

आईपिएल समाचार

एजेन्सी। कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज साझ ७ः४५ बजे हुने भनिएको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि दुई टिमबीचको खेल तालिका परिवर्तन गरिएको जनाइएको छ। क्रिकइन्फोका अनुसार बरुण चक्रवर्ती र सन्दीप वारियरको कोभिड–१९ परिक्षण रिपोर्ट पोजेटिभ आएको छ।

यसअघि कोलकाता नाइट राइडर्सकै नितीश राणा, आरसीबीका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया र डेनियल स्याम्स संक्रमित भएका थिए। दिल्लीलगायत ६ ठाउँमा आईपीएल भइरहेको छ। खेलाडीहरु एक ठाउँबाट अर्कोमा जाने क्रममा संक्रमित भएको हुनसक्ने बताइएको छ।

कोलकता र बैंग्लोबीचको खेल १४औं सिजनको ३०औं खेल हो। सुरूवाती चार खेलमा जित निकालेको बैंग्लोरले पछिल्लो तीन खेलमा दुई हार बेहोरिसकेको छ। कोलकताले ७ मध्ये २ खेल मात्र जितेको छ। ४ अंक जोडेको कोलकता अंक तालिकाको सातौं स्थानमा छ। बैंग्लोर १० अंकसहित तेस्रो स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *